Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

लागू औषध अफिमसहित वृद्ध पक्राउ

spot_img
spot_img
वीरगंज । बारामा २ केजी लागूऔषध अफिमसहित ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पचरौता नगरपालिका–६ पकडी बस्ने सहजमान मिया अन्सारी पक्राउ परेका हुन् ।
 
भारतिय सिमानासँग टाँसिएको वडा नम्वर ४ ईनर्वास्थित पिलर नम्वर ३६६/६ स्थित दशगाजा क्षेत्रमा अन्सारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले जानकारी दिए ।
 
विशष सुराकीको आधारमा अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजसँग रहेको लागूऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरिक्षक कर्णजितले बताए ।
 
पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि पठाउने तयारी भइरहेको उनले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...