Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

गुणस्तरहीन छड उत्पादन गरेपछि जगदम्बा स्टिललाई कारवाही

spot_img
spot_img

वीरगंज । गुणस्तरहीन छड उत्पादन गरेको भन्दै जगदम्बा स्टिललाई गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ । विभागले कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ भने तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ ।

टीएमटी बार १६ एमएमको जगदम्बा छडमा कार्बन र सल्फरको मान नेपाल गुणस्तर मापदण्डभन्दा फरक रहेको विभागले जनाएको छ ।

गुणस्तर मापदण्डअनुसार छडमा ०.३० प्रतिशत हुनुपर्ने कार्बनको मात्रा ०.३५ प्रतिशत पाइएको थियो । यस्तै ०.०६० प्रतिशत रहनुपर्ने सल्फर ०.०५५ पाइएको थियो ।

यस्तै धादिङमा उद्योग रहेको मंगला सिमेन्टलाई पनि विभागले कारबाही गरेको छ । कम्पनीले उत्पादन गर्ने पीपीसी ‘ओम मंगला’ सिमेन्ट गुणस्तर हिन रहेको विभागले जनाएको छ ।

विभागले उद्योगबाट संकलन गरेको दुई किसिमको नमूनामा गुणस्तर मान तोकिएको भन्दा धेरै पाइएको थियो । समेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ क्रमश १४ एमपीए र १९ एकपीए हुनु पर्नेमा १६ तथा २२ एमपीए पाइएको विभागले जनाएको छ ।

गुणस्तरहीन उत्पादित दुई ब्याचको सिमेन्ट बजारबाट फिर्ता गर्ने र पीपीसी सिमेन्टको बिक्रि वितरण रोक्ने निर्णय पनि विभागले गरेको छ ।

सभार : अनलाइन खबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...