Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वप्रका श्रीपुरद्वारा बरामद मदिरा नष्ट र अवैध सामग्री भन्सार चलान

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजले ९ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार बीरगंज महानगरपालिकाकाे वडा नं.२३ प्रसौनि बिर्ताबाट बरामद गरेकाे मदिरा नष्ट गरेकाे जनाएकाे छ ।

बरामद गरिएको घरेलु मदिरा स्थानिय वासीन्दा, जनप्रतिनिधिको रोहबरमा साेमबार नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए ।

त्यसैगरी वप्रका श्रीपुरले भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागेको विभिन्न सामाग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ ।

विभिन्न मिति र समयहरुमा मटर २५ किलोको दरले २० बोरा, खाने तेल ३६ लिटर, डालडा १५ लिटर, साबुदाना ३० किलो, सेम्पु १ कार्टुन, राजनिवास १ बोरा, सर्फ १५ किलो लगायत हार्डवेयरको सामग्रीहरु बरामद गरी साेमबार वीरगंज भन्सार कार्यालय चलान गरिएकाे प्रहरी निरिक्षक साहले बताए ।

बरामद सामग्रीको मुल्य १ लाख रुपैया बराबरको रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...