Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जेसिजद्वारा चाैथाे दिन पनि राहत वितरण

spot_img
spot_img
वीरगंज । कलैया सिटी जेसिजले चुलो बाल्ने अभियानलाई आइतबार पनि निरन्तरता दिएको छ । अभियानकाे चाैथाे दिन थप ६० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको जेसिज जिल्लाका उपाअध्यक्ष तथा कार्यक्रम संयोजक पवन कुमार कुशवाहाले जानकारी दिए ।
 
बिहीबारदेखि सुरु गरिएको सो अभियानअन्तर्गत जेसिजले पहिलो दिन ३१, दोस्रो दिन ५१, तेश्रो दिन ५५ र आइतबार चाैथाेे दिन ६० गरी हालसम्म १९७ घर परिवारलाई राहत वितरण गरेकोे छ । जेसिजले राहतस्वरुप १० किलो चामल, १ किलो दाल, सोयाबिन ५ सय ग्राम, नुन १ केजी, लुगा धुने तथा नुहाउने साबुन, १ प्याकेट सलाई वितरण गर्दै आएकाे छ ।
 
कोरोना भाईरस (कोभिड-१९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी लाेमाे बन्दाबन्दीले दैनिक गुजारा चलाउन नसक्ने परिवारका लागि यो चुलाे बाल्ने अभियान संचालन गरिएकाे जेसिजले जनाएकाे छ । महामारीका कारण श्रमजिवी तथा विपन्न परिवार नै मारमा परेकाले उनीहरुको चुलो बलोस् भन्ने उद्धेश्यले यो अभियान संचालन गरी सहयोग गर्न लागिएको जेसिजले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...