Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ३ सहित थप ६ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सा र बारामा थप ६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति २ सय ९० जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्सा र बाराका थप ६ जना संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा पर्साका ३ जना र बराका ३ जना रहेका छन् । संक्रमितहरु २० वर्षदेखि ६० वर्ष उमेर समुहका छन् । संक्रमितहरुको सिटि भ्यालु १७ देखि २९ सम्म रहेको छ ।

पर्सामा थपिने संक्रमितमध्ये एक जना वीरगञ्जस्थित आर्मी क्वाटरमा बस्ने व्यक्ति हुन् भने अन्य दुई जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् ।

त्यसैगरी बारामा थपिएका संक्रमितमध्ये एक जना कलैया उपमहानगरपालिका वडा नम्बर ४ का बासिन्दा रहेका छन् भने अन्य दुई जना कोल्भी गाउँपालिकाको बासिन्दा हुन् । शनिबार राति थपिएका सम्पूर्ण संक्रमितहरु पुरुष रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...