Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

दाेस्राे चरणमा ३९ दिन साहिब दरबारले वितरण गर्‍याे निशुल्क खान

spot_img
spot_img

वीरगंज । साहिब दरबार सेवा संस्थानले दाेस्राे चरणमा ३९ दिन नि:शुल्क खाना वितरण गरेकाे छ । वीरगञ्ज बजार आंशिक रुपमा खुलेसँगै गएको ३९ दिनदेखी संस्थानले वितरण गर्दै आएकाे नि:शुल्क खाना बन्द गरेको जनाएकाे छ ।

भदाै २१ गतेदेखी दाेस्राे चरणमा वितरण हुदै आएकाे नि:शुल्क खाना बजार खुलेपछि हाललाई स्थगित गरिएकाे संस्थानका अध्यक्ष राजेशमान सिंहले जानकारी दिए ।

साहिब दरबार सेवा संस्थान, समर्पण सेवा र स्टार सेरामिक्स प्रालिकाे संयुक्त आयाेजनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी निषेधाज्ञाका कारण प्रभावित गरिब, असहाय र निमुखाहरुलाई नि:शुल्क रुपमा खाना वितरण हुदै आएकाे थियाे ।

बजार चलायमान हुन लागेको र दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने समूहले पनि कमाई गर्न लागेकाले नि:शुल्क खाना वितरण गर्ने काम अहिलेलाई स्थगित गरिएको संस्थानका महासचिव उमेशलाल सहनीले वताए । अहिले स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्दै बजार, व्यवसाय संचालन गर्न दिएसँगै मानिसहरु दैनिक कार्यमा फर्किएकाले निशुल्क भोजन वितरण स्थगित गरिएको सहनीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

उनले संक्रमण रोक्न फेरि बजार बन्द गर्नु पर्ने अवस्था आएर बजार बन्द गरिए त्यसबेला फेरि संस्थानले निशुल्क भोजनलाई निरन्तरता दिने पनि जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यसअघि सुरुवाती समयमा पनि संस्थानले ९० दिनसम्म विरगञ्जमा नि:शुल्क खाना वितरण गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...