Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

२० बर्षपछि फरार प्रतिवादी पटेर्वा सुगाैलीका चाैधरी पक्राउ

spot_img
spot_img
वीरगंज । लागु औषध मुद्दाका फरार प्रतिवादी एक जना २० बर्षपछि पक्राउ परेका छन् । लागु ओषध गांजा/चरेशका फरार प्रतिवादी पर्साकाे पटेर्वा सुगाैलीका गाउँपालिका वडा नं. ४ निवासी ४० बर्षिय शम्भु चाैधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
पर्सा जिल्ला अदालतको लगत नं.१४८१ मिति २०५७।१०।१८ गतेको फैसलाले ११ महिना १७ दिन कैद र रु.५,०००।- जरिवाना तोकिएको लागु औषध गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी चौधरीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै गाउँबाट लुकीछुपी बसीरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे हाे । पक्राउ परेका चाैधरीलाई जिल्ला अदालत पठाउने कार्य भईरहेकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...