Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मारुती फर्माका संचालक रुंगटाकाे आफ्नै नियम

spot_img
spot_img

वीरगंज । वीरगंज गण्डकस्थित रहेकाे मारुती फर्माले आफ्नाे कर्मचारीहरुकाे लागि गरेकाे काेराेना बिमाकाे रकम कटाैती गरेर दिएकाे छ ।

कम्पनीमा कार्यरत २१ जनाकाे काेराेना बिमा वापतकाे रकम बिमा कम्पनीले रु एक लाखकाे दरले २१ लाख दिए पनि कम्पनीका संचालक प्रभात रुंगटाले कर्मचारीहरुलाई मात्र रु ५० हजारकाे दरले रु १० लाख ५० हजार मात्र वितरण गरेका छन् ।

काेराेना महामारीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुकाे लागि कम्पनीले लुम्बनी बिमा कम्पनीमा एक लाखकाे काेराेना बिमा गरि दिएकाे थियाे । साेही क्रममा काेराेना संक्रमित भएका कम्पनीका कर्मचारीहरुकाे बिमा वापतकाे रकम बिमा कम्पनीले एकमुस्ट भुुक्तानी गरेकाे थियाे ।

हुन त कर्मचारीहरुकाे बिमा वापतकाे रकम कर्मचारीहरुकाे व्यक्तिगत खातामा पठाउनु पर्ने हाे । तर बिमा कम्पनीले कर्चारीहरुकाे बिमा गरिदिएकाे मारुती फर्माकाे खातामा बिमाकाे रकम पठाएका कारण यस्ताे भएकाे बुझिएकाे छ ।

बिमा कम्पनीका प्रबन्धक निशान्त लामिक्षानेले विमित कम्पनी भएका कारण उसकै खातामा हामीले भुक्तानी गरेकाे वताए ।

यस बिषयमा मारुती फर्माका संचालक रुगंटासंग बुझ्दा कम्पनीकाे आफ्नै निति र नियम भएकाे वताए । काेराेना संक्रमित भएका कर्मचारीहरुकाे आइसाेलेसन लगायतकाे खर्च कटाैती गरेर बिमाकाे रकम भुक्तानी गरिएकाे संचालक रुंगटाले प्रतिक्रिया दिए ।

कम्पनीकाे यस्ताे रवैयाले काेराेना महामारीमा ज्यान जाेखिममा पारेर काम गरेका कर्मचारीकाे मनाेबल खसेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...