Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा भदाै ३१ सम्म लम्बियाे निषेधाज्ञा, शनिबार बाहेक पसल खुल्ने

spot_img
spot_img

वीरगञ्ज । पर्सामा काेराेना संक्रमित भेटिने क्रम घटे पनि वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भदौ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भदौ १९ गतेदेखि भने वीरगञ्जमा एकतर्फीरुपमा पसल सञ्चालन हुँदै आएको छ । भदौ १२ गते बसेको जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १९ गतेबाट पसल खोल्न दिने निर्णय गरेको थियो ।

बिहीबार जारी सूचनामा पनि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरु शनिबार बाहेक प्रत्येक दिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी मापदण्ड पालना हुने गरी र भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने उल्लेख छ ।

तरकारी तथा फलफुल बिक्री वितरणको लागि रेल्वे रोडमा घण्टाघरदेखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्रै पसलहरु राख्ने, दुई पसलबीचको दुरी पसल बीचको दुरी कम्तिमा १५ फिट हुनुपर्ने, ताोकिएको समय र स्थान बाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, समान बेचेको वा भिडभाड गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

आ-आफ्नो पसलमा आउने ग्राहकबीचको सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य सुरक्षा मापदण्डको उलघंन भएको खण्डमा व्यवसायीलाई नै कारबाही गर्ने प्रशासनको निर्णयमा उल्लेख छ ।

पसल सञ्चालन र तरकारी तथा फलफुल बिक्री गर्दा सामाजिक दुरीलगायतको मापदण्ड पालना नगरेको खण्डमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न, मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, जुलुस गर्न, चार जनाभन्दा बढी मानिस एकै ठाउँम जम्मा हुन, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा लगायतको गतिविधि, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, शैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र पुस्तकालय, चिया पसल, खाजा घर, होटल रेष्टुरेन्ट खोल्न नपाइने सूचनामा उल्लेख छ ।

वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा छ । साउन १९ गतेबाट पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।

साउन ३१ गतेको निर्णयबाट सेना परिचालन सहित भदौ १३ गते बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । भदौ १२ गतेको बैठकले जिल्लाभर लगाईएको निषेधाज्ञा वीरगञ्जमा मात्रै सिमित थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...