Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ७ सहित थप १६ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पछिलो केहि दिन यता पर्सामा कोरोना संक्रमीतका संख्या घटदै आएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएकाे परिक्षणमा पर्साका ७ जनामा मात्र काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

पर्सा, बारा र राैतहटका २ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ५ महिलासहित १६ जनामा कोरोना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । संक्रमतिहरु पर्सा, बाराको ७-७ जना र २ जना रौतहटका २ जना रहेकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसिया अनुसार संक्रमितहरु ६ वर्षिय बालकदेखि ७४ वर्षिय वृद्धसम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी रहेकाे छ ।

संक्रमित हुने वीरगन्जस्थित रहेकाे नेबिल बैंकका एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. १३, १६ का २-२ जना, वडा नं. १० र रानिघाटका १-१ जना रहेका छन् ।

त्यस्तै बाराको कोल्भि नगरपालिका-६ का एक जना, भगुवना एक जना, महागढीमाई नगरपालिका ९ का २ जना र महागढीमाई नगरपालिका ८, २ र ३ का १-१ जना संक्रमित थपिएका छन् ।

रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ८ का ७४ वर्षिय महिला र २० वर्षिय पुरुष गरी २ जना पनि संक्रमित भएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...