Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

विपीकाे जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम

spot_img
spot_img
वीरगंज । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्म ज्यन्तिकाे उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरिएकाे छ । 
 
वि.पि कोइरालाकाे युवा नेतृत्व बिकाश मन्च पर्साले वि.पि. काेइरालाको १०७ औं जन्म जयन्तीको अवसर पारेर मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेको छ। मानव सेवा आश्रम वीरगंजमा रहेकाहरुलाई खाना खुवाएर मंचले जन्म जयन्ती मनाएकाे हाे ।
 
वि.पि कोइराला युवा नेतृत्व बिकाश मन्च पर्साका अध्यक्ष हरेन्द्र यादवकाे अध्यक्षता र नेपाली कांग्रेस पर्साका उपसभापति दिनानाथ गुप्ताको प्रमुख अतिथित्वमा  भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, जि.पि.कोइराला फाउन्डेसनका अध्यक्ष मो. सहाबुदिन, ने.का सह सचिव रोसन लामिछाने, वि.पि कोइराला युवा बिकाश मन्चका प्रदेश २ का मनोहर साह कानु, मन्चका सचिव जयप्रकाश गुप्ता, प्रीती सिंह, अमित कुमार पटेल, रन्जन चौरसिया, जि.पि फाउन्डेसनका जिल्ला सचिव धिरज गुप्ता, दिपेश श्रीवास्तव, नेपाली कांग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेल, वि.पि कोइराला युवा बिकाश मन्च पर्साका उपाध्याय दिपक गुप्ता लगायतको उपस्थिती रहेको थियाे । 
यस्तै स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्म ज्यन्तिकाे उपलक्ष्यमा नेपाली काङ्ग्रेस पर्साले मुर्लीस्थित पार्टी कार्यालयमा स्मृति कार्यक्रम गरेकाे छ । कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थपनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।
 

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा विपीको योगदानको कसैसँग तुलना गर्ननसकिने बताएका थिए ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा उप-सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, सचिव श्याम पटेल, शुभेच्छुक सङ्घ संस्था समन्वय विभागका सदस्य श्याम पाेखरेल, तराईमधेस समन्वय बिभागका सदस्य नरेन्द्र शाह, सह-सचिव राेशन लामिछाने, किरण सरकार, क्षेत्रीय सभापति अरविन्द गुप्ता, प्रदेशसभा सभापति शैलेन्द्र उपाध्याय, जिल्ला सदस्यहरु रामबाबु पटेल, बैकुण्ठ श्रीवास्तव, नेविसंघका पुर्व केन्द्रीय सदस्य सुधीर पटेल, वद्री नारायण तिवारी, पटेर्वा सुगाैलि गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, वडा अध्यक्ष दशरथ पटेल, मनाेजा चाैधरी, वडा सभापति अनिल सिह, बलराम शुक्लालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै बि.पि कोइरालाको जन्मजयंती को उपलक्षयमा बि.पि कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्साले पूर्व घोषित कार्यक्रम अंतर्गत बुधबार बेलुका आदर्शनगरस्थित बौद्धि माइको प्राङ्गमा दिप प्रज्वलित गरी कार्यक्रम पनि गरेकाे मंचका सदस्य राहुल गुप्ताले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...