Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ६ सहित थप ३७ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img
वीरगंज । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएकाे परीक्षणमा ३७ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।
 
२९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ९ महिलासहित ३७ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । संक्रमितहरु ४ वर्षिय बाललकदेखि ६७ वर्षका वृद्धसम्म रहेका छन् ।
 
प्रवक्ता डा. चौरसियाका अनुसार संक्रमति हुनेमा पर्साका ६ जना, बाराका ९ जना र राैतहटका २२ जना रहेका छन् ।
 
पर्साकाे संक्रमित वीरगंज महानरपालिकाकाे वडा नं. ११ का २ जना, वडा नं. २८, ३२ का एक-एक जना, पटेर्वा सुगाैली गाउँपालिका र पर्सागढी नगरपालिकाकाे चैनपुरका एक-एक जना रहेका छन् ।
 
त्यस्तै बाराको कोल्भि नगरपालिकाका ३ जना, अमौर टोक्नी २, कलैया उपमहानगरपालिकाकाे वडा नं. ९, १९, जितपुरसिमरा वडा नं. २, बारागढि गाउँपालिका र इलाका प्रहरी कार्यालय बारागढीका एक-एक जना संक्रमित थपिएका छन् ।
 
संक्रमित हुनेमा रौतहटका दुर्गा भगवती गाउँपालिका वडा नं. ५ का मात्रै २२ जना रहेकाे प्रवक्ता डा.चौरसियाले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...