Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बिओपी अमरपट्टीद्धारा मटर लाेड गरिएकाे पिकअप भ्यान पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीले अबैध रुपमा भारत निकासी गर्न लागेको भारी परिमाणमा मटरसहित पिकअप भ्यान बरामद गरेको छ ।

बाराकाे त्रिवेणी दाल एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि. छातापिपराबाट वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित नाकाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको एक गाडि मटर पक्राउ गरेको हाे । बा १४ च २९१६ नम्बरको पिकअप भ्यानमा २५ किलोको दरले एक सय बोरा मटर सोमवार राती ९ः३० बजेको समयमा बरामद गरिएकाे बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरिक्षक निरन्जन कार्कीले जानकारी दिए ।

पक्राउ गरिएको मटर विन्दवासिनीको सचिन किराना पसलमा लग्नु पर्नेमा भारतको नाकातर्फ लग्दै गरेको अवस्थामा पक्राउ गरी आज वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक कार्कीले बताए । प्रहरीलाई देख्नसाथ पिकअप भ्यानका चाकल गाडि छोडी भागेको र बरामद गरिएको मटरको मुल्य ५ लाख ८७ हजार ५ सय बराबरको रहेको कार्कीले जानकारी गराए ।

पक्राउ गरिएको गाडि र मटर भन्सार चलान गरिएको प्रहरी निरिक्षक कार्कीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...