Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईका २ सहित थप २९ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । बीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २९ जनामा (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र राैतहटका ५८० जनाको स्वाब परीक्षण गर्दा ८ महिलासहित २९ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरासियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार साेमबार राति गरिएकाे परिक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ बर्षदेखी ६० वर्ष उमेर समुहका रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु १५ देखि ३० रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ का एक जना, वडा नं. ५ का एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. १२, १६, १३, १० का एक-एक जना, तराई हस्पिटलका ३ जना, सखुवा प्रसौनी गाउँपालिका २ जना, वीरगंज हेल्थ केयरका ३ जना र आर्मी ब्यारेक वीरगंजका एक जना रहेका छन् ।

यस्तै बाराकाे कलैया नगरपालिका २ जना, बारागढी गाउँपालिकाकाे ४ जना, इलाका प्रहरी कार्यलय बारागढीका एक जना, सर्वण गाउँपालिकाका एक जना र रौतहट गरुडा प्रहरीका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...