Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जुनियर डाक्टरहरु बिचकाे विवाद सहमतीमा सुल्झियाे

spot_img
spot_img

वीरगञ्ज । जुनियर चिकित्सकहरु बीच भएको विवाद सहमतीमा सुल्झिएकाे  छ । नारायणी अस्पतालका चिकित्सक डा. दिपक चाैरसिया र मेडिकल अफिसर डा. विजय महताे बिच भएकाे विवाद सहमतिमा सुल्झिएकाे वताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार प्रहरी, चिकित्सक संघका प्रतिनिधि, विवादित चिकित्सक बीच भएको छलफलमा सहमति भएकाे हाे । डा. चाैरसिया र डा. महताेले एकअर्का माथी आवश्यक कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि साेमबार छलफल भएकाे थियाे ।

छलफलकाे क्रममा दुबै डाक्टरहरुले आ आफ्नाे गल्ती स्विकार गर्दै अबदेखी यस्ताे नहुने वताए पछि विवाद सुल्झेकाे चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उदयनारायण सिंहले वताए । उनले विवादित जुनियर चिकित्सकहरुले आगामी दिनमा यस्तो घट्ना दोहोरिन नदिने प्रतिबद्दता समेत व्यक्त गरेको जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साले पनि चिकित्सकहरुले आपासी समझदारीमा विवादको समाधान खोजेको जानकारी गराएको छ ।

डा‍‍. चाैरसिया र डा. महताे बिच आइतबार चिकित्सक संघकाे भवनमा मेडिकल अफिसरहरुकाे आन्दाेलनकाे बिषयमा विवाद हुदा हात हलाहालसमेत भएकाे थियाे । साेही विवादमा चिकित्सक संघ नारायणीका सचिव डा. सिंहलाई पनि जाेडेर डा. महताेले समाचार दिएकाे भन्दै उनले पनि जिप्रकामा महताे विरुद्ध निवेदन दिएका थिए ।

जिप्रकामा भएकाे छलफलकाे क्रममा डा. महताेले चिकित्सक संघका सचिव डा. सिंहसंग गल्ती भएकाे स्विकार गर्दै क्षमासमेत मागेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...