Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रदेश सांसद अन्सारीद्वारा खाद्य सामाग्री सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ का युवाहरूको ब्यवस्थापनमा कोभिड एक्सन टिम (क्याट) पर्साद्वारा संचालित  नि:शुल्क खाना बितरण कार्यक्रम साेमबार प्रदेश सांसद जन्नत अन्सारीले एक सय ५० किलो आलु लगायतकाे समाग्री सहयाेग गरेका छन् ।

 प्रदेश सांसद अन्सारीले खादान समाग्री हस्तान्तरण गर्दै क्याटले बिगत केहि दिनदेखि कोभिड महामारीमा उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफू पनि सहयोग गरेको वताए ।

सहयोग समाग्री बुझ्दै क्याटका संयाेजक एवम् जिल्ला समन्वय समिति पर्साकाे प्रमुख नेक महम्मद अन्सारीले सहयोगको लागी क्याटकाे तर्फबाट धन्यवाद ज्ञापनसमेत व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति पर्सामा भएकाे सहयाेग सामग्री हस्तान्तरण कार्यक्रममा क्याटका सदस्य एवम् नेपाली कांग्रेसको जिल्ला सचीव श्याम पटेल, तत्कालीन समाजबादी पार्टीका जिल्ला सचीव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, शैली चौधरी लगायतको उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...