Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

स्वास्थ्य निरिक्षक ठाकुरसहित पर्सामा थप ५७ जना काेराेना मुक्त

spot_img
spot_img
वीरगंज । पर्सा थप ५७ जना काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । आइतबार विभिन्न उमेर समुहका ५७ जना काेराेना मुक्त भई घर फर्केकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
याेसंगै पर्सामा कोरोना मुक्त भई घर फर्केकाको संख्या प्रशासन कार्यालयकाे तथ्यांक अनुसार एक हजार ४ सय ६९ पुगेकाे छ ।
 
आइतबार काेराेना निकाे हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुर पनि रहेका छन् । ठाकुरसहित उनका श्रीमती र छाेरा पनि काेराेना निकाे भएका हुन् । ठाकुरकी श्रीमती स्टाफ नर्स हुन् । उनी काम गर्ने क्रममा नै दाेस्राे पटक काेराेना संक्रमित भएकी थिइन ।
 
प्रशासन कार्यालयले दिएकाे जानकारी अनुसार अझै पनि पर्साकाे विभिन्न आईसोलेसनमा १३ महिलासहित ६२ जना काेराेना संक्रमित रहेका छन् भने होम आईसोलेसनमा रहेका संक्रमितकाे संखया ९ सय ६२ रहेकाे छ । जसमा सय पुरुष र २ सय २६ महिला रहेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...