Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

छिपहरमाईमा पिसिआर परिक्षण गर्न नेपाली कांग्रेसकाे माग

spot_img
spot_img

भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाली कांग्रेसकाे शुक्रबार बैठक सम्पन्न भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीमा भएकाे गाउँपालिका समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

बैठकले गाउँपालिकामा एक घर एक पिसिआर परिक्षण गर्न, आइसाेलेसनकाे व्यवस्था गर्न र थप राहत वितरण गर्न गाउँपालिकासंग माग गर्न निर्णय गरेकाे बैठकमा सहभागि जिल्ला सदस्य नविन संहले जानकारी दिए ।

उनले भने “पर्साकाे सबै पालिकाहरुले आफ्नाे गाउँवासीलाई काेराेना संक्रमणबाट जाेगाउन पिसिआर परिक्षण गरिरहेकाे अवस्थामा हाम्राे गाउँपालिकाले केही नगरेकाे घण्डमा हामी बैठक बसी हामी पिसिआर परिक्षण गर्न र आइसाेलेसनकाे व्यवस्था गर्न माग गरेका हाैं । यसका साथै लामाे समय देखीकाे बन्दाबन्दीका कारण प्रभावित गरिब र विपन्न परिवारलाई राहत वितरण गर्न माग गर्न पनि निर्णय गरेका छाैं ।”  

गाउँपालिका संयाेजक धुरेन्द्र प्रसाद साह कानुकाे अध्यक्षतामा भएकाे बैठकमा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह कानु, क्षेत्रिय अध्यक्ष रमेश पाँण्डे, क्षेत्रिय सदस्य रामाशंकर साह कानु लगायतकाे उपस्थित रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...