Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पत्रकार राैनियारसहित ४६ जना काेराेना निकाे भएर डिस्चार्ज

spot_img
spot_img

वीरगंज । पर्सामा थप ४६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । 

पर्साकाे विभिन्न काेभिड अस्पताल र आइसोलेसनबाट शुक्रबार ४६ जना संक्रमित डिस्चार्ज भइ घर फर्किएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।  याेसंगै पर्सामा काेराेना निकाे हुनेकाे संख्या एक हजार ३ सय १९ पुगेकाे छ ।

कोरोना भाइरस संक्रमण मुक्त हुनेमा वीरगंजका एक जना पत्रकार पनि रहेका छन् । एभि न्युज टेलिभिजनका संवाददाता राजन राैनियार १९ दिनमा काेराेना निकाे भएर शुक्रबार वीरगंज हेल्थ केयर काेभिड अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

राैनियारकाे तेस्राे पटकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे पछि उनलाई अस्पतालले डिस्चार्ज गरेकाे हाे । उनीसंगै वीरगंज हेल्थ केयरबाट ८ जना काेराेना निकाे भएर डिस्चार्ज भएका हुन् ।

यस्तै वीरगन्ज ड्रइपोट स्थित बाटिका होटलमा निर्माण गरिएको सेमि आइसोलेसनबाट २३ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन्।  सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जनाले डिस्चार्ज भएका छन्। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...