Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

छिपहरमाईबाट लागु औषध गाँजासहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट लागु ओषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी चाैकी टिहुकीले स्थानिय गाेखुल महताे र सुजित महताेलाई लागु औषध ५ किलाे गाँजासहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए । प्रहरी गस्ती टाेलीले बिआर २२ एक्यु ०४१३ नम्बरकाे भारतिय माेटरसाइकलमा सवार दुबै जनालाई चेकजाच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

पक्राउ परेका गांजा र माेटरसाइकलसहित दुबै जनालाई इलका प्रहरी कार्यालय पाेखरियाकाे हिरास्तमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...