Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियामा पनि अस्थालिन औषधी उपलब्ध गराए पत्रकार अग्रवाल

spot_img
spot_img

वीरगञ्ज । पत्रकार अमित अग्रवालले कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या देखिएका बिरामीका लागि अति आवश्यक पर्ने अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी शुक्रबा पाेखरियामा पनि उपलब्ध गराएका छन् ।

औषधी अभावमा बिरामीको उपचारमा समस्या भएको जानकारी पाएपछि पत्रकार अग्रवालले छिमेकी बजार रक्सौलबाट मगाएर  अस्पताल तथा हाेम आइसाेलेसनमा बस्दै आएका संक्रमितलाई निशुल्क रुपमा अस्थालिन औषध उपलब्ध गराउदै आएका छन् ।

साेही क्रममा पाेखरिया अस्पतालकाे आइसाेलेसमा बसेका संक्रमितहरुकाे लागि १५ थान अस्थालिन औषधी उपलब्ध गराएका छन् । पत्रकार अग्रवालले पाेखरिया मै पगुरे पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनलाई साे औषधी उपब्ध गराएका हुन् ।

यस्तै अहिले वीरगंजकाे नारायणी अस्पताल, वीरगंज हेल्थ केयर, गण्डक अस्पताल र हाेम आइसाेलेसनमा बसेकाहरुलाई आफुले ६० थान अस्थालिन औषधी उपलब्ध गराएकाे पत्रकार अग्रवालले वताए । 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले वीरगञ्जमा अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी नहुँदा श्वासप्रश्वासका बिरामी जोखिममा रहेको जानकारी दिएपछि आफूले बिरामीको उपचारमा सहजहोस भनेर निशुल्क औषधी उपलब्ध गराउने प्रयास गरेको अग्रवालले बताए ।

सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्दै अघि बढिए महामारीसँग लड्न सकिने भएकाले आफूले सकेको सहयोग उपलब्ध गराएको पनि उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...