Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

महासंघद्वारा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । डिप्लोमा मुनिका प्राविधिक स्वास्थ्य संकायहरूमा यसै शैक्षिक सत्र देखि भर्ना नलिने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रति घोर आपति जनाउदै पर्सा अवस्थित तीन शिक्षण संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

निजी प्राविधिक शिक्षालय महासंगको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघका केन्द्रीय सदस्य प्रमोद यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका विनय श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको हो । इन्स्टिच्युट अफ रुरल हेल्थ प्रालि वीरगन्जका प्रमोद यादव, डीभाइन इन्स्टिच्युट अफ हेल्थ साइन्सका सोनालाल चौरसिया, श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगन्जका हरी श्रेष्ठद्वरा संयुक्त रूपमा हस्ताक्षरित ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमार्फत कोरोना संक्रमण महामारीका कारण लामो समय देखि ई संस्थाहरु बन्द रही जर्जर अवस्थामा पुगेको बेला सरकारबाट राहतको अपेक्षा गरिएको अवस्थामा उल्टै संस्था नै बन्द गर्ने खालको निर्णय आउनु असधैं दुःखद भएको जनाइएको छ ।

ज्ञापन पत्रमा गरीब विद्यार्थीहरू रोजगारको अध्यानको उद्यम बिन्दुको रूपमा रहेको स्वास्थ्य संकायका डिप्लोमा मुनिका यों तह बन्द भएपछि अझै रोजगारीको समस्या बढने भएकोले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयमाथि पुनर्विचार गर्न आग्रहसमेत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...