Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

दलित माथीकाे विभेद अन्त्य नभए ठूलाे आन्दाेलन हुन सकने

spot_img
spot_img
  • मुस्तफा आलम /

आजभोली मधेसमा दलित माथिको अन्याय पिडा कुनै नौलो कुरा होइन । यो बर्सौदेखि चलि आएको एउटा खराब प्रबिर्ती हो । जसमा कयौ दलित दाजुभाईहरुले आफ्नो बलिदान दिनु भएका छन् । मधेसमा खासगरी डोम चमार दुसाद र मुसहरलाई दलितको रुपमा चिनिन्छ अहिले पनि अधिकांश दलित युवाहरु सिक्षा रोजगार र अन्य सेवाबाट बन्चित छन् । नेपालको संबिधानमा दलितहरुको हक र अधिकार सुनिचित गरे पनि यसलाई व्यवहारमा लागु गर्न सकिएको छैन । चुनावको बेलामा सथानीय जनप्रतिनिधि र अगुवा ठुलो आशा र सहयोग देखाए पनि चुनाव जितेर गएपछि बेवास्ता गरेको देखिन्छ ।

मधेसमा जन आन्दोलन अगाडी झन् दलितको आवस्था नाजुक थियो । बिधालयमा धेरै दुर्बयावाहर गरिन्थ्यो । दलितलाई छुटै बस्न बाध्य बनाइन्थ्यो । यो अहिले कम भएको देखिन्छ तर दलितहरु शिक्षाबाट बन्चित हुनुमा शिक्षकहरुकाे पनि ठुलो हात हुन्थ्यो । अहिले पनि दलितसंग हरेक ठाउँमा विभेद गरिन्छ । मधेशमा अहिले पनि छुवाछुत ब्यापक छ । अहिले मधेसको गैर दलितको घरमा भोज भतेर हुदा दलितले छुटै अलग ठाउँमा भोज खान भनिन्छ र याे दलितको घरमा भोज भतेर छ भने उस्ले गैर दलितकोमा बाहिरबाट चामल दल र तरकारी किनेर छुटै गैर दलितकोमा दिनु पर्छ । यो सब स्थानीय जनप्रतिनिधिको अगाडी हुदा पनि चुपचाप हेरेर उल्टै बढावा दिन्छन् ।

यती मात्र नभइ यदि दलितमाथि आत्याचार भएको छ भने त्यो छिनोफानो गाउँमा गरिन्छ । यदि पुलिस चोकीमा गए पनि त्यो दलितको मुद्दाले पहुचको भरमा दर्ता गरिदैन् । यो आवस्था छ मधेसी दलित दाजुभाई हरुको । यो सबै कारणको अहिले दलित आन्दोलन । येदि समयमा दलितहरु माथिको भेदभावको बिरोध गरिएन भने दलित आन्दोलन ठुलो रुप लिन सक्छ । यो आन्दोलन दलितको मात्रै नभई हामी सबै युवाहरुको हो । गैर दलित युवाहरु पनि अब यो दलित आत्याचार प्रतिको बिरोध गर्न जरुरि छ । हामी अब आफ्नो घर टोलबाट दलितहरु माथिको आतायाचार र अन्यायले बिरोध गर्नु पर्छ ।

दलित युवा दाजुभाईहरुले पनि अब सोच्नु पर्ने बेला आएको छ अब तपाईहरु मासु चिउरामा भोट नदिनुस । नेपालको संबिधानले दलितले धेरै हक र अधिकार सुनिचित गरेको छ । त्यो हक र अधिकारको उपयोग गर्नुस । अब गैर दलित युवाहरुको पनि सहयोगको जरुरि छ । अबको हाम्रो समाज भनेको छुवाछुत रहित र भेदभाव रहित समाज निर्माणमा हामीहरु लाग्नु पर्ने देखिन्छ । यही बेला हो हाम्रो समाजबाट नराम्रो रितिरिवाजलाई हटाएर एउटा समानतामूलक समाज निर्माण गर्नु पर्छ । यही बेला हो हामी सबै युवाहरु मिलेर हाम्रो खराब चल्दै आएको कुप्रथालाई हटाएर राम्रो समाज निर्माण गर्नु पर्ने देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...