Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा पांच जनाले गरे “प्लाज्मा दान”

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा प्लाज्मा थेरापीका लागि ‘प्लाज्मा दान’ कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल चिकित्सक संघ नारायणीको कार्यालयमा आयोजित कार्यक्रममा ५ जनाले ‘प्लाज्मा दान’ गरेका हुन् ।

‘प्लाज्मा दान गरौं, कोरोना संक्रमितको ज्यान बचाऔं’ भन्ने नाराका साथ आयोजित प्लाज्मा दान कार्यक्रमा काेराेना संक्रमण निकाे भएका ५ जनाले प्लाज्मा दान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख साैरभ राज पाण्डेले वताए ।

नागरिक सरोकार समाज वीरगञ्ज, नारायणी अस्पताल प्लाज्मा थेरापी स्टडी ग्रुपको आयोजना भएकाे कार्यक्रममा वडाध्यक्ष जगत साह कानु, पत्रकार सुरेश विडारी, डाक्टर प्रहलाद अधिकारी, प्रवेश ढंगेल र खसीकान्त चाैधरीले प्लाज्मा दान गरेका हुन् ।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सरोकार समाजका ओम प्रकाश सर्राफले जानकारी दिए । 

‘प्लाज्मा बैंक’ का लागि रक्तसञ्चार केन्द्र वीरगञ्जमा आवश्यक बन्दोबस्त गरिसकिएको प्रमुख पाण्डले जानकारी गराए ।

तीन महिना अघि देखि थालिएको प्रयासले सार्थकता पाएको चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले बताए ।

गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विदी, चिकित्सक संघ नारायणी, वीरगंजका अध्यक्ष डा. अरुण सिंह, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर, रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र चाैधरी, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...