Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

विद्यालयहरुमा खुट्टाबा संचालन हुने हेण्ड वासिङ सेट जडान

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्साकाले ३ वटा विद्यालयमा खुट्टाबाट संचालन हुने हेण्ड वासिङ सेट जडान गरेकाे छ ।

युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिकाकाे वडा नं. ४ काे जिल्ला उच्चाङल रामदेव कलवार माध्यमिक बिधालय, जगरनाथपुर गाउँपालिका वडा नं. १ काे ने.रा.मा.बि.पिडारिगुठि, जगरनाथपुर कै वाड नं. ४ को श्री नेरा आधारभुत बिधालयमा खुट्टाबाट संचालन हुने हेण्ड वासिङ सेट जडान गरिएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए । 

हातबाट प्रयाेग गरिने हेण्ड वासबाट कोरोना भाइरस (काेभिड १९) संक्रमण सर्ने सम्भावना भएकाेले खुट्टाबाट प्रयाेग गर्ने खाले हण्ड वास विद्यालयहरुलाई हस्तान्तरण गरिएकाे उनले जनाए । 

विद्यालय मै पुगेर नेपाल रेडक्र्स सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेल, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपशाखाका सचीव पर्वत ठाकुर, शाखाका कार्यक्रम अधिकृत उमेश मिश्र, लेखापाल बिरशमसेर प्रसाद कुर्मिको टाेलीले खुट्टाबाट संचालन हुने हेण्ड वासिङ सेट हस्तान्तरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...