Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सिडिओ र क्याटकाे टाेली काेराेना संक्रमितकाे घर घरमा पुग्ने

spot_img
spot_img

वीरगंज । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणकाे सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) आस्मान तामाङले  काेभिड एक्स टिम (क्याट) पर्सासंग बुधबार छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सास्थित उनकै कार्यकक्षमा भएकाे छलफलमा जिल्लाकाे अवस्था बारे क्याटले जानकारी गराएकाे थियाे । सिडिओ तामाङले काेराेना संक्रमितकाे उच्चित व्यवस्थापन, कन्टेक्ट ट्रेसिङ, नारायणी अस्पतालकाे सेवा प्रभाव लगायतकाे बारे गहन छलफल गरेका हुन् ।

छलफलमा संक्रमितकाे घर घरमा पुगेर पारमर्श दिनुकाे साथै संक्रमितकाे अवस्था बुझ्ने निर्णय भएकाे छ । छलफल बैठकमा बिहिबारदेखी फेला पर्ने नयाँ संक्रमितकाे घर घरमा पुगेर उनीहरुकाे अवस्था बुझ्नुकाे साथै उपचार र उचित व्यवस्थापन गर्ने निर्णय भएकाे क्याटका सदस्य तबरेज अहमदले वताए ।

सिडिओसहितकाे क्याटकाे टाेलीकाे संक्रमितकाे घर घरमा पुगेर उनीहरुकाे अवस्था बुझ्ने छ ।

यसका साथै बैठकमा नारायणी अस्पतालमा गरिब, विपन्न र असहायकाे उपचारमा लाग्ने औषधीकाे व्यवस्थापन जिल्ला प्रशासन कार्यालय पर्साले गर्ने सिडिओ तामाङले प्रतिबद्धता जनाएकाे तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिवसमेत रहेका अहमदले जानकारी गराए ।

क्याटका सदस्यहरुले सडकमा भेटिएका बिरामीकाे उपचार र औषधी व्यवस्थापनमा हुने गरेकाे समस्या बारे जानकारी गराएपछि प्रजिअ तामाङले ओषधी व्यवस्थापनकाे जिम्मा लिएका हुन् ।

यसका साथै डाक्टरले लेखेकाे आधारमा कुनै पनि बिरामीकाे पिसिआर परिक्षण गर्नु परेमा नि:शुल्क रुपमा गरिने निर्णय भएकाे क्याटका अर्का सदस्य श्याम पटेलले वताए । नारायणी अस्पतालका मेसुसंग छलफल गरेर त्यसकाे व्यवस्थापन गर्न जिम्मा प्रजिअ तामाङले लिनुभएकाे नेपाली कांग्रेस पर्साका सचिवसमेत रहेका पटेलले जानकारी गराए ।

यसबाट गरिब, विपन्न र असाहयकाे पिसिआर परिक्षणमा हुने गरेकाे समस्या अन्त हुने पटेलकाे भनाई छ ।

त्यस्तै निषेधाज्ञामा समस्यामा परेकाहरुले राहतकाे लागि सिधै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सिडिओ तामाङले जानकारी गराए । छलफल कै क्रममा सिडिओ तामाङले समस्या परेका एक जना बारे उनलाई थाह भएपछि उनले आफै फाेन गरेर पिडितलाई राहकाे लागि जिल्ला प्रहरी कार्यालय पुग्न भनेका थिए ।

बैठकका भदाै १९ गतेदेखी निषेधाज्ञा खुकुलाे भएपनि नियम पालनामा कडाई गरिने वताए । उनले व्यपारी तथा सर्वसाधारणले अनिवार्य रुपमा मास्क प्रयाेग गरेर बाहिर निस्कनु पर्ने नत्र कारवाहीले गरिने जानकारी गराएका थिए ।

छलफलमा क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीलेसमेत सिडिओ तामाङलाई गरिब, विपन्नकाे नि:शुल्क रुपमा पिसिआर परिक्षणकाे व्यवस्था मिलाउनु निर्देशन दिएका थिए ।  

छलफलमा नेकपाका प्रतिनिधि एवं क्याटका सदस्य सचिव संजिव मिश्रा, पत्रकार एवं क्याटका सदस्य शम्भु कुमार सुमन र क्याटका सदस्य शैली चाैधरी र प्रशासकिय अधिकृत विनय श्रीवास्तवकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...