Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

राधेमाईमा अलपत्र परेका वृद्ध अस्पताल भर्ना

spot_img
spot_img

वीरगंज । वीरगञ्जको सडकमा अलपत्र परेका एक वृद्धलाई अस्पताल भर्ना गराईएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ राधेमाई क्षेत्रमा विगत दुई दिनदेखि अलपत्र परेका पहिचान खुल्न नसकेका वृद्धलाई मंगलबार अस्पताल भर्ना गरिएको हाे ।

दुई दिन देखी अलपत्र परेका वृद्धकाे बारेमा स्थानीयहरुले कोभिड एक्सन टिम (क्याट) पर्सालाई जानकारी गराएपछि उनको उद्दार गरेर नारायणी अस्पताल भर्ना गरिएकाे क्याटका सदस्य तबरजे अहमदले वताए । 

वडा प्रहरी कार्यालय श्रीपुरकाे सहयोगमा वृद्धलाई अस्पताल पुर्याएर उपचारकाे प्रबन्ध मिलाइएकाे क्याटका अर्का सदस्य संजिव मिश्राले वताए । क्याटका सदस्या अहमद र मिश्राकाे टाेली राधेमाईमा पुगी प्रहरीकाे सहयाेगमा वृद्धलाई अस्पताल पुर्याएकाे थियाे ।

वृद्धलाई अस्पताल पुर्याइए पछि उनकाे उपचार अस्पतालका डा. दिपक चाैरसियाले गरेका थिए । ५६ बर्षिय वृद्धको इमरजेन्सी वार्डमा राखि उपचार सुरु गरिएकाे डा. चाैरसियाले जानकारी दिए । उनकाे अवस्था खराब रहेको उनले जानकारी गराए ।

कमजाेरीका कारण बाेल्न पनि समस्या भइरहेका वृद्धकाे भाेली स्वाब संकलन गरि काेराेना परिक्षणसमेत गरीने डा. चाैरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...