Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्याटलाई युएसएबाट एक नेपालीकाे सहयाेग

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्सालाई युएसए अमेरिकाबाट एक नेपालीले आर्थिक सहयाेग गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काेहडी स्थायी घर भएका हाल अमेरिकामा बस्दै आएका सचिन यादवले क्याटलाई अमेरिकी डलर एक सय ३४ रुपया ८३ पैसा अर्थात नेरु १५ हजार सहयाेग गरेका हुन् ।

अमेरिकाकाे एक बैंकमा काम गर्दै आएका यादवले क्याटकाे कामबाट प्रभावित भएर आफुले क्याटलाई सहयाेग गरेकाे वताए । उनले काेराेना महामारीमा क्याटले गरेकाे कार्य आफुले समाजिक संजाल फेसबुक र अनलाइन मिडियाबाट थाह पाएर सहयाेग गरेकाे वताए ।

वीरगंजकाे हाेलि ल्याण्ड बाेर्डिङ्ग स्कुलका पूर्व विद्यार्थीसमेत रहेका उनले क्याटका सदस्य तबरेज अहमदसंग सम्पर्क गरि उनकै खातामा साे सहयाेग रकम पठाएका छन् ।

यस्तै पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी जटाशंकर प्रसाद रौनियारले पनि क्याटद्वारा संचालित नि:शुल्क खाना अभियानमा सहयाेग गरेका छन् ।

राैनियारले ३ किलो जिरा/धनिया, ३ किलो हल्दी, ३ किलो मर्चा सहयोग गरेकाे क्याटका सदस्य अहमदले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...