Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बाराका एकसहित वीरगंजमा थप ३ काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष,पहिचान नखुलेका ६० वर्षीय पुरुष र बारा कोल्भीका ६० वर्षीय पुरुष रहेका छन ।

संक्रमित तीनमध्ये दुई जनाको कोरोना कोभिड अस्पतालमा र एकजनाको नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए । 

उनका अनुसार ५३ वर्षीय पुरुषको सोमबार राति वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा, ६० वर्षीय पुरुषको मंगलबार बिहान गण्डक कोभिड अस्पतालको आइसियुमा र पहिचान नखुलेको ६० वर्षीयको सोमबार राति ८:४५ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो ।

हरपतगंजका ५३ वर्षीय पुरुषमा साउन ३१ गते, काेल्भीका ६० वर्षीय पुरुषमा भदौ १० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने पहिचान नखुलेको ६० वर्षीय पुरुषमा मृत्युपछि काेराेना संक्रमण पुष्टि भएकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

पहिचान नखुलेका पुरुष शनिबार बेवारिसे अवस्थामा वीरगंजकाे महाविरस्थान सडकमा पेटीमा भेटिएका थिए । 

१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

यस्तै काेल्भीका ६० बर्षिय पुरुष १० भदौबाट उपचाररत  मधुमेहको समस्या रहेका उनमा पछिल्लो समय श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...