Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईका ५ सहित पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोशालामा ४ सय १० जनाको स्वाबकाे नमुना परिक्षण गर्दा १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।

प्रयाेगशालाले सोमबार अबेर राती गरेको पिसिआर परिक्षणमा १८ र जिन एक्स्पर्ट परिक्षणमा २ जनागरी थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तिन जना महिलासहित थपिएका सङ्क्रमित मध्ये १७ जना पर्सा, १ जना बारा र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएका २ जनाको ठेगाना नखुलेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले थपिएका सङ्क्रमितहरु २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेको बताए । जिन एक्स्पर्टबाट परिक्षण गरिएकाहरुको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का दुई/दुई जना र वडा नम्बर ११, १४,१६ र २५ का एक/एक जनागरी ८ जना, बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना, कालिकामाई गाउँपालिका वडा नम्बर ५ का पाँच जना संक्रमित थपिएका छन् । थप दुई जना पर्साका भएपनि निश्चित ठाउँ नखुलेको डा. चौरसियाले जानकारी दिए ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए ।

थपिएका सङ्क्रमितहरु मध्ये ११ जनाको सिटि भ्यालु २४ भन्दा कम रहेको छ भने ७ जनाको २४ भन्दामाथि रहेको डा. चौरसियाले जनाए ।

याेसंगै पर्सामा काेराेना संक्रमितकाे संख्या जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार २ हजार २ सय ११ पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...