Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राउन्ड टेबुलद्वारा क्याटकाे नि:शुल्क भाेजन अभियानमा सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज राउण्ड टेबुल ३, वीरगंजले काभिड एक्सन टिम (क्याट)लाई साेमबार खाद्य सामग्री सहयाेग गरेकाे छ ।

काेराेना प्रभावितहरुकाे लागि क्याटद्वारा संचालित नि:शुल्लक भाेजन अभियानमा रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष धुब्र साहकाे पहलमा संस्थाले सहयाेग गरेकाे हाे । संस्थाले चामल १० बाेरा, दाल ५ बाेरा, खाने तेल ७५ लिटर, आलुु एक बाेरा र प्याज एक बाेरा सहयाेग गरेकाे क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।

राउन्ड टेबलका आराेह मित्तलले क्याटकाे सचिवालय जिल्ला समन्वय समितिका पर्साकाे कार्यालयमा पुगी साे सामग्री हस्तारण गरेकाे सदस्य अहमद वताए । मित्तलले साे सामग्री क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नेक महम्द अंसारीलाई हस्तान्तरण गरेका हुन् ।

क्याटले काेराेना महामारीका कारण नराम्राेसंग प्रभावित हुन पुगेका असहाय, गरिब र दीनदु:खिहरुका लागि नियमित रुपमा दुई हप्तादेखि निशुल्क उपलब्ध गराईरहेकाे सदाबर्त भाेजन अभियान संस्थाले सहयाेग गरेकाे क्याटका सदस्य श्याम पटेलले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...