Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज महानगरका मेयर सरावगीलाई पितृ शाेक

spot_img
spot_img
वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीकाे निधन भएकाे छ । ७८ बर्षिय उनकाे गएराती १२.०५ वजे काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
 
गत साउन २२ गते उनमा काेराेना संक्रमण देखिएपछि वीरगन्जबाट काठमाडौ लगिएको थियाे । उनको साउन २४ गते नै काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएकाे थियाे । भदौ २ गतेकाे परिक्षणमा काेराेना मुक्त भएका थिए ।
 
मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार गरिएकाे थियाे ।
 
साेमबार विहान १० वजे काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको मेयर सरावगीका प्रेस संयाेजक गाेबिन्द देवकाेटाले जानकारी दिए ।
 
वीरगन्जमा वि.स. २००० सालमा जन्मका उनी समाजसेवीकाे रुपमा स्थापित व्यक्तित्व थिए ।
 
उनी वीरगन्ज उधाेग बाणिज्य संघकाे पुर्व अध्यक्ष, मारवाडी परिषदकाे केन्द्रीय अध्यक्ष, लायन्स क्लवकाे गभर्नर लगाएत धेरै सामाजिक संघ संस्थामा आवद्धसमेत थिए । उनका दुई छाेरा र एक छाेरी छन् । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...