Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजकाे काेराेना अस्पतालमा उपचाररत थप एक संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । कोरोना संक्रमणबाट थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्थाई काेराेना अस्पताल गण्डकमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...