Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका १२ सहित थप ७९ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार राति गरिएकाे परिक्षणमा थप ७९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

४ सय ४२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ७९ जनामा काेराेना पाेजिटिभ देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । उनका अनुसार पर्साका ४७ जना, बाराका ३० जना, माेरङ्ग र काठमाण्डाैका एक/एक जनामा संक्रमण देखिएकाे छ ।

संक्रमित हुनेमा ६ महिनाकाे बालकदेखी ९७ बर्षियकाे बृद्धसम्मका रहेका छन् ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्साका ४७ संक्रमित मध्ये पाेखरिया नगरपालिकाका १२ जना र वाकी संक्रमित वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका रहेका छन् ।

यस्तै बाराकाे ३० संक्रमित मध्ये बिश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुरसिमराका २ जना र वाकी संक्रमित कलैया उपमहानगरपालिकाकाे विभिन्न वडाका रहेका छन् ।

ज‍ीन एक्सपर्ट प्रविधिबाट गरिएकाे परिक्षणमा फेला परेका संक्रमितहरुकाे सिटी भ्यालु १८ देखी ३३ सम्म रहेकाे प्रवक्ता चाैरसियाले वताए । सिटी भ्यालु २४ भन्दा कम भएका संक्रमितहरुबाट संक्रमण फैलन सम्भावना बढी रहेकाे डा. चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...