Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सामा थप ६१ जना काेराेना मुक्त, संक्रमण निकाे हुने ६४७ जना पुगे

spot_img
spot_img
वीरगंज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमण मुक्त ६ सय ४७ जना भएका छन् । त्यस मध्ये आज मात्र विभिन्न उमेर समूहका ६१ जना काेराेना निको भई घर फर्केकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयका अनुसार गण्डक काेराेना अस्पतालबाट ५ महिलासहित १६ जना, वीरगंज हेल्थ केयर काेराेना अस्पतालबाट ४ महिलासहित १७ जना, रानी पोखरी होटल सेमि आइसोलेसनबाट ४ जना, रानी सति धर्मशाला सेमि आइसोलेसनबाट ९ जना, पोखरीया अस्पतालबाट १० जना, पोखरिया नपा होम आइसोलेसनबाट ४ जना र वयोधा अस्पतालको होम आइसोलेसनबाट १ जना काेराेना निकाे भएका हुन् ।
 
प्रशासन कार्यालयले शनिबार सांझ सार्वजिक गरेकाे विवरण अनुसार ३६ महिलासहित १०४ जना पोजेटिभ केस अझै पनि आईसोलेसनमा रहेका छन् भने १९९ महिलासहि ९३१ पोजेटिभ केस होम आईसोलेसनमा रहेका छन् ।
 
नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ३१ पुरुष १९ महिलासहित ५० जना उपचारत रहेको र जसमध्ये ९ जना आइसियुमा
रहेकाे प्रशासनले जनाएकाे छ । 
 
यस्तै नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयरमा ३७ पुरुष १७ महिलासहित ५४ जना उपचारत रहेको र जसमध्ये १९ जना आइसियुमा रहेकाे प्रशासन कार्यालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...