Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका दुई वडाध्यक्ष काेराेना मुक्त

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका दुई वडाध्यक्ष काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

नगरपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष अजय कुमार गुप्ता र वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु काेराेना निकाे भएकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटरेन्डेन्ट (मेसु) डा. अनिल यादवले वताए ।

वडाध्यक्षद्वय गुप्ता र कानुकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा दुबै जनाकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे मेसु डा. यादवले जानकारी दिए ।

वडाध्यक्ष गुप्ता ८ दिनमा र वडाध्यक्ष कानु १३ दिनमा काेराेना निकाे भएका हुन् ।

भदाै ४ गते वडाध्यक्ष गुप्तामा र साउन ३२ गते वडाध्यक्ष कानुमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि दुबै जना हाेम आइसाेलेसनमा बस्दै आएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...