Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

प्रसाैनीमा एक सय ५७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिकाकाे वडा नं. ४ खुटुवास्थित जब्दी बथानी चाैकमा भएकाे आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी नेपाल, प्रसौनीको आयोजनामा भएकाे कार्यक्रममा १ महिलासहित एक सय ५७ जनाले रक्तदान गरेका छन् । 

न्यू स्टार नेशनल यूवा क्लबकाे सहकार्यमा भएकाे कार्यक्रममा समिता देवी, सलमान खान, सगीर हवारी, शनी साह, दिपक गुप्ता, निकु गुप्ता, राधेश्याम गुप्ता, प्रमोद साह, मनजित गुप्ता, महान्नद साह, सुनिल साह लगायतले रक्तदान गरेका छन् ।

न्यू स्टार नेशनल यूवा क्लबका अध्यक्ष शुभाष गु्प्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उदघाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले गरेका थिए ।

साे कार्यक्रममा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, बैजु गुप्ता, सुरेश गुप्ता, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाे उपस्थिती रहेको थियो ।  

काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी निषेधाज्ञा कारण रक्त संचार केन्द्रमा भएकाे रक्तकाे परिपूर्ति गर्न वृहत रक्तदान कार्यक्रम भएकाे स्थानिय अकबर हवारीले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साको ठोरीमा प्रहरीको मदिरा नियन्त्रण अभियानमा, स्थानीयद्वारा विरोध

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा प्रहरी र स्थानीयबासीबीच विवाद उत्पन्न भएको छ। इलाका प्रहरी कार्यालय...

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार,...

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...