Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगन्जमा युवाहरुद्वारा नि:शुल्क खाना वितरण

spot_img
spot_img
वीरगंज । स्वतन्त्र समाज नेपालमा आवद्ध युवाहरुले बीरगंजमा नि:शुल्क खाना वितरण गरिरहेका छन् । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरुलाई समाजले बिहिबारदेखि खाना वितरण गर्दै आएकाे हाे ।
 
लामाे समयदेखीकाे निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविको पार्जन गर्नेहरु समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिएको पछि आफुहरु अगाडी सरेकाे समाजका अध्यक्ष कन्हैया झालेे वताए ।
 
हुनेले दिएर जाऔं नहुने लिएर जाऔं मुल नाराका साथ स्वतन्त्र समाजका टिमहरूले विगत दुई दिनमा पाँच सय भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको अध्यक्ष झाले जानकारी दिए ।
 
समाजले बिहान र बेलुका गरी दैनिक २ समय ३ सय परिवारसम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको दिपेन्द्र साहले बताए । खाद्यान्न वितरण गर्ने कार्यमा रवि वर्णवाल, दिपेन्द्र साह, रंजित झा, अर्जुन सरार्फ लगायतकाले सहयोग गरिरहेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...