Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा काेराेना संक्रमणबाट थप ३ जनाकाे मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट पर्सामा थप ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् ।

वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चौरसियाका अनुसार शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए । ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

त्यस्तै वीरगंज मनियारीका ४० वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिए ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ भने संक्रमितकाे संख्या २ हजार ९५ पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...