Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियाका १०, कालिकामाईका ३ सहित पर्सामा थप ३१ जनामा काेराेना

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालकाे प्रयोशालमा गरिएकाे परीक्षणमा ५ महिलासहित थप ५० जनामा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु १५ बर्ष देखी ५६ बर्ष सम्मका रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार शुक्रबार राति ४ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३१ जना, बाराका ८ जना, धनुषाका ४ जना, महाेतरीका ३ जना, राैतहटका एक जना, सर्लाहीका २ जना र काठमाण्डाैका एक जना रहेका छन् ।

पर्सामा थपिएका संक्रमित मध्ये पोखरिया नगरपालिकाकाे वडा नं. ३ का ६ जना, वडा नं. ४ का ४ जना, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीका एक जना र वडा नं. ३ हरिहरपुरका २ जना रहेका छन् ।

बाकी संक्रमित वीरगञ्ज महानगरपालिकाकाे २, ३,  ६, १०, २१ लगायतकाे वडाकाे रहेका छन् ।

थपिएका सङ्क्रमितहरुको सिटी भ्यालु १५ देखि ३२ सम्म रहेको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...