Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा थप ३९ जना काेराेना मुक्त, संक्रमितकाे संख्या २ हजार ६४

spot_img
spot_img

बीरगन्ज । पर्सामा थप ३९ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

अस्थायी कोभिड अस्पतालमा उपचाररत, सामुदायिक र होम आइसोलेसनका बसेकासहित शुक्रबार थप ३९ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यो संख्यासँगै पर्सामा कोरोनालाई जित्नेको संख्या ५८६ पुगेको छ ।

यस्तै, हालसम्म पर्सामा संक्रमण पुष्टि हुनेको संख्या २०६४ पुगेको छ । जसमा १६०६ जना पुरुष र ४५८ जना महिला रहेका छन् ।

आजै मात्र पर्साका ४२ जनामा कोरोनाको पुष्टि भएको थियो ।

हाल अस्पतालको आइसोलेसनमा १३१ जना उपचाररत रहेका छन् जसमा ९२ जना पुरुष र ३९ जना महिला रहेका छन् । अझै पनि ८१९ जना होम आइसोलेसनमै रहेका छन् भने १०७ जना शंकास्पद कोरोना संक्रमित क्वारेन्टाइमा बसिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ३३९ जनाको आज स्वाब संकलन गरिएको छ । ३३९ र थप १ गरी ३४० जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

मृत्यु सम्बन्धि तथ्यांकमा त्रुटी

प्रशासन कार्यालय पर्साले शुक्रबार सांझ सार्वजनिक गरेकाे सुचनामा कोरोना संक्रमणका कारण मृत्यु भएकाकाे संखया त्रुटी देखिएकाे छ । 

प्रत्येक दिन साँझ जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो आधिकारिक फेसबुक आइडी मार्फत उपलब्ध गराउँदै आएको कोभिड-१९ सम्बन्धित अद्यावधिक विवरणमा त्रुटीले गर्दा अन्योल सृजना गरेकाे छ ।

भदौं १२ गतेको सूचनामा कोरोनाभाइरस सङ्क्रमणका कारण पर्सामा मृत्यु हुनेको संख्या भदौं ११ गते अर्थात बिहिबारको भन्दा २ वटा कम उल्लेख गरिएको छ । प्रशासनले बिहिबार सार्वजनिक गरेको सूचनामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३३ उल्लेख गरेकाे थियो भने शुक्रबार आजको सूचनामा मृत्यु हुनेको संख्या घटाएर ३१ उल्लेख गरिएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...