Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वार्षिकोत्वसमा काेराेना महामारीमा याेगदान गर्नेहरु सम्मानित

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगंजबाट महिला क्रियाशिलतमा प्रकाशित ‘मध्य नेपाल सन्देश’ पत्रिकाको चौथो वार्षिकोत्सव समपन्न भएको छ ।

कोरोना कहरको विचमा सुरक्षा सतर्कता अपनाउँदै कार्यालयका सञ्चारकर्मी तथा कर्मचारी र समाजमा उच्च योगदान पु¥याउने व्यक्तित्वहरुको मात्र उपस्थितिमा वार्षिकोत्वसव समपन्न भएको हो । मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोरोना महामारीमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु भएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा चिकित्सकको तर्फबाट कोभिड नियन्त्रणमा अहोरात्र खटिरहने डा. निरज सिंह, डा. उदय नारायण सिंहलाई बरिष्ठ पत्रकार एवंम प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले सम्मानित गरेका थिए ।

त्यसैगरी सुरक्षाकर्मीको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गांगा पन्त, कोरोना महामारीमा निःस्वार्थ रुपमा आफ्नो अस्पताल उपलब्ध गराउनु भएका युवा नेता तथा गण्डक हस्पिटलका सञ्चालक रहबर अंसारी, वीरगंज हेल्थ केयर हस्पिटलका संचालक डा. अबुलहैस अंसारीई पनि सम्मानित गरिएकाे थियाे ।

त्यसैगरी चिकित्सकको क्वारेन्टाइन उपलब्ध गराउनु भएका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, कोरोना संक्रमित तथा गरीबहरुलाई निःशुल्क भोजन, स्वास्थ्य समाग्रि लगायतमा सहयोग पु¥याउनु भएका सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झालाई प्रहरी प्रमुख पन्तको हातबाट सम्मान गरिएको थियो ।

यसैगरी पत्रिकाको शैशव कालदेखि अविछिन्न रुपमा सम्पादन तथा अभिभावकत्व भुमिका प्रदान गरेका सञ्चारकर्मी तुलसी भण्डारीलाई नगद १० हजार रुपैयाँसहित बरिष्ठ सञ्चारकर्मी शर्माले सम्मान गरेका थिए । भने, विभिन्न विद्यामा अन्तरवार्ता लगायतको समाचार उपलब्ध गराईरहनु भएका सञ्चारकर्मी निलम पन्त र नियमित स्तम्भकारका रुपमा लेख तथा स्तम्भ उपलब्ध गराउदैँ आईरहनु भएका सञ्चारकर्मी गीता भण्डारीलाई नगद ५/५ हजार रुपैयाँ तथा सम्मान पत्रले नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सम्मानित गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना नियन्त्रणमा सञ्चारकर्मीहरुले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन नसकेको वताए । 

कार्यक्रममा बरिष्ठ पत्रकार जगदिश शर्माले प्रहरीले अतिआवश्यक वस्तु लिन आउनेलाईसमेत सुरक्षाकर्मीबाट दुःख दिने काम भएकाले कुटपिट विनाको शान्ति सुरक्षा र निषेधाज्ञा पालना गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा वाेल्दै नेकपाका युवा नेता रहबर अंसारीले कोरोना संक्रमित निको भएपनि हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।

यसैगरी प्रहरी प्रमुख गंगा पन्तले कोरोना महामारीले गर्नसक्ने थुप्रै कामहरु प्रहरीले गर्न नसकेको बताइन ।

कार्यक्रममा सानोपाईलका कार्यक्रम संयोजक जय साह, वीरगंज हेल्थ केयरकी स्वास्थ्य संयोजक भुमिका अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन लक्ष्मी खरेलले गरेकी थिईन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...