Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भदाै १९ गतेदेखी निषेधाज्ञा खुकुलाे गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १९ गतेदेखि खुकुलो गर्ने निर्णय गरेको छ। गत साउन १० गते देखि बीरगन्ज महानगरपालिका र साउन १९ गतेदेखि पर्सा जिल्ला भर लागु गरिएको निषेधाज्ञा आगामी भदौ १८ गतेसम्मका बीरगन्ज महानगरपालिका मात्र लागु हुने गरी थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष आसमान तामाड्ढो अध्यक्षतामा बसेको बैठकले भदौ १९ गते शुक्रवारदेखि पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो।

 बैठकले भदौ १९ गतेदेखि वीरगंज महानगरको घण्टाघरलाई आधार मानेर एक दिन सडकको दायाँ र अर्को दिन सडकको बायाँतर्फका पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्ने निर्णय गरेको छ । 

बैठकमा जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारी, विभिन्न राजनीतिक दलका अध्यक्ष, प्रतिनिधि, प्रहरी प्रशासनका प्रमुखहरू, मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुर, वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालय, आयुर्वेद, पत्रकार महासङ्घ लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...