Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

काठ लाेड गरिएकाे दुईवटा ट्रेक्टर बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरबाट काठ लोड गरेकाे दुई वटा ट्रेक्टर बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले जंगलबाट अबैध रुपमा काठ फडानी गरी ल्याइरहेकाे ना ५ त ३९५४ र ना ७ त २०२७ नं को दुई वटा ट्रयाक्टर बरामद गरी नियन्त्रमा लिएकाे हाे ।

अन्दाजी मुल्य १३ लाॅख बराबरकाे काठ बरामद गरिएकाे बिओपि भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । बरामद गरिएकाे दुइटा ट्रयाक्टरमा ४० वटा गोलीया करिब.१५० क्यु फिट सिमल र कपोकको काठ रहेकाे प्रहरी निरिक्षक तामाङले वताए ।

बरामद गरिएको काठ र ट्रेक्टर आवश्यक कारवाहीको लागी सेक्टर बन कार्यालय बसन्तपुर सेढवा पठाइएकाे विओपी भिखमपुरले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...