Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा पर्साका थप ४२ जनामा संक्रमण फेला परेकाे हाे ।

३ सय ८ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १७ महिला र ४० पुरुष गरी ५७ जनामा संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा पर्साका ४२ जना, बाराका १२ जना, राैतहटका २ जना र सर्लाहीका एक जना रहेकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीका २ जना र पर्सागढी नगरपालिकाकाे वडा नं. ८ हरपुरमा एक जना संक्रमित भएका छन् ।

कालिकामाईकाे ५० जनामा २ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे छ । बुधबार कालिकामाईकाे भेडिहारीमा ५० जनाकाे स्वाब संकलन गरेर परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे थियाे । प्रयाेगशालाले बिहिबार राती गरेकाे परिक्षणमा २ जनाकाे मात्र काेराेना पाेजिटिभ देखिएकाे अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

यस्तै वीरगंज महानगरपालिकाकाे वडा नं. ११, १२, १३, २१, २७ लगायतका विभिन्न वडामा संक्रमितहरु फेला परेकाे डा. चाैरसियाले जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...