Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन जारी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले काेराेना परिक्षणलाई निरन्तरता दिएकाे छ । आइतबारदेखी सुरु गरिएकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन कार्य बिहिबार पनि जारी रह्याे ।

बिहिबार वडा नं. ३ हरिहरपुर विर्तामा ५३ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिकाका प्रवक्ता पवन तिवारीले वताए ।  वडाध्यक्ष संजय पटेलकाे उपस्थितीमा गाउँपालिकाकाे प्राविधिकद्वारा स्वाब संकलन गरी परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेशालामा पठाइएकाे उनलेे जनाए ।

उनका अनुसार बढी भिडभाड हुने स्थान किराना पसल, सेलर मिल, शैलुन, हाेटल संचालक लागयतकाे स्वाब संकलन कार्य जारी रहेकाे छ । यस अघि बुधबार पनि वडा नं. २ भेडिहारीमा ५० जनाकाे स्वाब संकलन गरिएकाे थियाे । त्यसकाे पनि अहिले रिपाेर्ट आउन वाकी नै रहेकाे छ ।

मंगलबार वडा नं. ५ बिरन्चीबर्वामा ४२ जनाकाे स्वाब संकलन गरेर परिक्षण गराउदा बिहिबार ५ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे वडा नं. ५ का वडाध्यक्षसमेत रहेका प्रवक्ता तिवारीले जानकारी दिए ।

यस भन्दा पहिला पनि कन्टेक्ट ट्रेसिङकाे आधारमा ३६ जनाकाे स्वाब संकलन गरेर परिक्षण गराउदा मंगलबार १२ जनाकाे पाेजिटिभ देखिएकाे थियाे ।

हाल सम्म ३ वटा वडाका १८१ जनाकाे स्वाब संकलन गरिएकाे छ । जस मध्ये ८४ जनामा १७ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे छ भने ९७ जनाकाे रिपाेर्ट आउन वाकी रहेकाे छ । गाउँपालिकाकाे पहिलाे चरणमा एक हजार जनाकाे पिसिआर परिक्षण गर्ने लक्ष्य रहेकाे छ ।  

संक्रमितहरु मध्ये ३ जनालाई श्री नेरा प्रावि हरिहरपुर विर्तामा निर्माण गरिएकाे आइसाेलेसनमा राखिएकाे र अरु वाकी संक्रमितहरु हाेम आइसाेलेसनमा रहेका प्रवक्ता तिवारीले जनाए । हरिहरपुरमा अहिले ४० वेडकाे सेमि आइसाेलेसन तयार गरिएकाे र पछि आवश्यकता अनुसार सम्बन्धित वडाकाे विद्यालयहरुमा आइसाेलेसन वनाइने तिवारीले जानकारी गराए ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...