Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईमा ५, सखुवा प्रसाैनीमा ७ सहित थप ३३ जनामा काेराेना पुुष्टि

spot_img
spot_img

वीरगन्ज । पर्सामा थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएकाे परीक्षणमा पर्साका २४ सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

५ सय १० जनाको स्वाब परीक्षण गर्दा ४ महिलासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा पर्साका २४ जना, बाराका ६ जना र रौतहटका ३ जना रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतालको क्वाटरमा बस्ने थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका– ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाईमा ४८ जनाकाे स्वाब संकलन गरेर परिक्षण गर्दा ५ जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे हाे ।

बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एक जना संक्रमित थपिएका छन् । रौतहटको गौर कारागारमा ३ जनामा कोरोना देखिएको छ । सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि वीरगन्जको गण्डक चौक, राधेमाई, घडीअर्वा, इनर्वा, रानीघाटमा पनि कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार पर्सामा हालसम्म २ हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ सय ४४ जना कोरोनामुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...