Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा थप एक संक्रमितकाे मृत्यु, वीरगंजमा १४ घण्टामा ३ जनाले ज्यान गुमाए

spot_img
spot_img

वीरगञ्ज । पर्सामा बिहिबार फेरी एक व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पछिल्लो १३ दिनदेखि उपचाररत पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान सवा ८ बजेको करिबमा मृत्यु भएको हो ।

उनको मृत्युसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टाभित्र ३ व्यक्तिले ज्यान गुमाएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भइ साउन ३० गते वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका वृद्धको बिहिबार बिहान आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मिर्गौलाका दिर्घ रोगि उनको हेल्थ केयरमै नियमित डायलसिससमेत भइरहेको थियो । उनी उच्च रक्तचाँप र श्वासप्रश्वासको समस्याबाट पनि ग्रसित रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

यसअघि बुधबार बेलुका पर्साकै धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै बिहीबार बिहान बाराकी कोरोना सङ्क्रमित एक जना २३ वर्षीय गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

याेसंगै पर्सामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउँनेको संख्या ३३ पुगेको छ । संक्रमितकाे संख्या २ हजार नजिक पुगेकाे छ। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...