Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा काेराेना संक्रमणबाट २३ बर्षिय गर्भवती महिलाको मृत्यु

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा एक गर्भवती महिलाको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणका कारण मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहिबार विहान बाराकाे हर्दिया वडा नम्बर ४ की २३ वर्षीय महिलाकाे मृत्यु भएको हो ।

मृत्यु भएकाे महिला ३३ सप्ताहाकी गर्भवती थिइन ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते अस्पताल भर्ना गरिएको थियाे । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि सोहि अस्पतालको पिसिआर प्रयोशालामा उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाे थियो ।

कोरोना पुष्टि भएपछि उनलाई नारायणी कै आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

योसँगै वीरगंजमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या ४४ पुगेको छ । साउन यता मात्रै ४० जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४४ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३२ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...