Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

काेराेना संक्रमणबाट धाेबिनी गाउँपालिकाकाे पुरुषकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा काेराेना भाइरस काेभिड (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । धोबनी गाउँपालिकाकाे वडा नं. ३ गुलरियाका ७२ बर्षिय संक्रमित पुरुषकाे मृत्यु भएकाे नारायणी अस्पताल प्रवक्ता डा. आतुलेश चौराशियाले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारकाे क्रममा बुधबार बेलुका संक्रमित पुरुषकाे मृत्यु भएको प्रवक्ता डा. चाैरसियाले वताए । उनका अनुसार ज्वराे लागेका र स्वासप्रस्वासमा समस्या देखिएका उनलाई भदाै ८ गते नारायणी कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।

साेही दिन उनकाे स्वाब संकलन गरि आरटी पिसिआर परिक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे थियाे । त्यसपछि नारायणी अस्पतालकाे आइसाेलेसनमा राखेर उपचार गर्ने क्रममा उनकाे मृत्याे भएकाे हाे ।

याेसंगै जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार पर्सामा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३२ पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...